बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रधानमन्त्री प्रचण्ड चीन पुगे, राष्ट्रपति सी सँग आज भेटवार्ता हुने


    हुलाक प्रेस

    • शनिबार, असोज ६ २०८००९:१७
    प्रधानमन्त्री प्रचण्ड चीन पुगे, राष्ट्रपति सी सँग आज भेटवार्ता हुने
    फाइल तस्वीर

    चीन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार बिहान चिनियाँ समय अनुसार १०ः १० बजे चीन पुगेका छन् । प्रचण्ड संयुक्त राष्ट्र सङ्घको महासभा सहभागी भएर अमेरिकाबाट हङकङ हुँदै एसियाली खेलकुद महोत्सव आयोजना गरिएको चीनको हाङचौं शहरमा पुगेका हुन ।

    प्रधानमन्त्री प्रचण्डको स्वागतको लागि चीनस्थित नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ  र चिनियाँ अधिकारीहरू हाङचौंको अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए। 

    प्रधानमन्त्री प्रचण्डले आज साँझ आठ बजे एसियाली खेलकुद महोत्सवमा उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ । त्यसअघि आजै दिउँसो चार बजे चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटघाट हुने कार्यक्रम तय भएको छ । 

    शनिवार मध्यान्ह राष्ट्रपति सीले एसियाली खेलकुदमा सहभागी हुन आएका विशिष्ट पाहुनालाई दिवा भोज दिने छन् । प्रधानमन्त्री दाहाल राष्ट्रपति सीले आयोजना गरेको दिवा भोजमा सहभागी हुनेछन् । 

    प्रधानमन्त्रीको चीन भ्रमण एकसाताको हुनेछ । हाङचौंबाट, बेइजिङ, छोङछिङ, तिब्बत र छेन्दु हुँदै ३० सेप्टेम्बरमा नेपाल फर्कने कार्य तालिका रहेको छ । 

    प्रधानमन्त्रीको सचिवालय र परराष्ट्र मन्त्री एनपी साउदलगायत नेपालबाट आएका प्रतिनिधिमण्डलहरू पनि सहभागी हुनेछन् ।   


  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • प्रतिक्रिया दिनुहोस