बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • राजनीतिक दलमा आवद्ध शिक्षकहरूलाई कारबाही गर्न मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलको विवरण


    हुलाक प्रेस

    • बिहीबार , वैशाख १३ २०८११२:४०
    राजनीतिक दलमा आवद्ध शिक्षकहरूलाई कारबाही गर्न मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलको विवरण

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको छ ।

    राजनीतिक दलमा आवद्ध भएका शिक्षकहरूलाई कारबाही गर्न सहजताका लागि मन्त्रालयले आयोगसँग दलको विवरण मागेको हो ।

    जसअनुसार दलीय आबद्धता भएका शिक्षकहरूको विषयमा परेका उजुरीहरूको विवरण यकिन गरी कारबाही अघि बढाउन आयोगलाई उसको अभिलेखमा भएका दलका कार्य समितिको विवरण मागिएको छ ।सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीले विभिन्न राजनीतिक दलको सदस्यता लिएको, कार्यकारिणी समितिमा रहेको, महाधिवेशन प्रतिनिधि भएको विषय उल्लेख गरी मन्त्रालयमा उजुरी र गुनासो प्राप्त भएपछि यसको विवरण खोजिएको हो ।

    उच्च अदालतबाट राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ र दफा ५७ तथा शिक्षा ऐन, २०२८ को दफा १६ ङ को उपदफा ९५० को खण्ड (छ) मा रहेको कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नु गराउनु भनी दिएको परमादेश अनुसार प्रक्रिया अगाडि बढाइएको छ ।

    निर्वाचन आयोगबाट विवरण प्राप्त भएपछि मन्त्रालयले आफूसँग भएको शिक्षक, कर्मचारीहरूको विवरण र राजनीतिक दलका कार्यकारिणी समितिका पदाधिकारीहरूको विवरण अध्ययन गर्ने छ ।

    त्यसमा शिक्षक, कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिमा बसेको पाइएमा शिक्षा ऐन अनुसार पदबाट हटाउनेसम्मको कारबाही प्रक्रिया अगाडि बढाउने मन्त्रालयले जनाएको छ 


    प्रतिक्रिया दिनुहोस