बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बागमती प्रदेशको कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी लामालाई


    हुलाक प्रेस

    • बिहीबार , कात्तिक २ २०८००९:३७
    बागमती प्रदेशको कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी लामालाई

    मकवानपुर । बागमती प्रदेशको कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले पाएका छन्।

    प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार लामालाई कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका छन्। मुख्यमन्त्री शालिकराम जम्कट्टेल व्यक्तिगत कारणले मुलुक बाहिर जाने भएकाले कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी लामालाई दिइएको हो।

    लामालाई २०८० कात्तिक ४ गतेदेखि मुख्यमन्त्री जम्कट्टेल नेपाल नआएसम्मको लागि कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए। 


    प्रतिक्रिया दिनुहोस