बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • इलामको निर्वाचन परिणामले सचेत बनाएको छ, पार्टीमा गहन समिक्षा गर्नेछौं : रास्वपा


    हुलाक प्रेस

    • मंगलबार, वैशाख १८ २०८११२:५७
    इलामको निर्वाचन परिणामले सचेत बनाएको छ, पार्टीमा गहन समिक्षा गर्नेछौं : रास्वपा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ को निर्वाचन परिणामले पार्टीलाई सचेत बनाएको बताएको छ ।

    रास्वपाका महामन्त्री डा। मुकुल ढकालले विज्ञप्ति जारी गरी परिणामले पार्टीका प्रयासहरूमा कमीकमजोरी रहेको र त्यसलाई सच्याउँदै अघि बढ्ने उल्लेख गरेका छन् । 

    “पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा यस निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्नेछौँ । निर्वाचन परिणामले हाम्रा प्रयासहरूमा कैयन कमीकमजोरी रहेको इंगित गरेको छ,” विज्ञप्तिमा भनिएको छ, “सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ ।” 

    उनले अहिलेको मतका लागि इलाम क्षेत्र नम्बर २ का मतदाताहरूप्रति कृतज्ञता व्यक्त गरेका छन् । 

    “नतिजा हाम्रो अनुकूल नआए पनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भई जनताद्वारा व्यक्त मतको हामी सदैव सम्मान गर्दछौं,” विज्ञप्तिमा भनिएको छ, “साथै निर्वाचन अभियानमा समर्पित भई अथक परिश्रम गर्नुभएका पार्टी सदस्य तथा शुभचिन्तकहरूप्रति पनि हार्दिक सम्मान तथा धन्यवाद व्यक्त गर्दछौं ।”

    raswapa-1714457268.jpg
    undefined


  • सम्बन्धित विषय:

  • # #election
  • # #rastriyeswotantraparty
  • प्रतिक्रिया दिनुहोस