बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रतिनिधिसभा बैठक ४ बजे बस्ने


    हुलाक प्रेस

    • बिहीबार , जेठ ३ २०८१०१:५९
    प्रतिनिधिसभा बैठक ४ बजे बस्ने

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे बस्ने भएको छ । आज बिहान ११ बजेका लागि निर्धारित उक्त बैठक सत्तारुढ र प्रतिपक्षी दलबीच सहमतिको प्रयास जुटाउनका लागि सारिएको हो ।

    सभामुख देवराज घिमिरले सदन सञ्चालनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग टेलिफोन वार्तापछि बैठक निर्धारित समयभन्दा केही पछि सारिएको सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।

    प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले बैठक निर्धारित समयभन्दा पछि सार्न आग्रह गरेका थिए । 

    कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिन गर्न संसदीय समिति गठनको माग गरेर संसद् बैठक अवरोध गर्दै आएको छ ।
    रासस


  • सम्बन्धित विषय:

  • # #parliyement
  • प्रतिक्रिया दिनुहोस