शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत


    हुलाक प्रेस

    • बिहीबार , जेठ ३ २०८१०२:४०
    सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

    सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् ।

    आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्रीले विश्वासका मतका लागि पेस गरेको प्रस्तावका पक्षमा २८ मत परेको र सो सङ्ख्या प्रदेशसभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको बहुमत भएको सभामुख भीमबहादुर भण्डारी  घोषणा गरे ।

    प्रतिपक्षी दल नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टीका पाँच सदस्यसहितले गरेको बेल घेराउ र नाराबाजीका बीच मुख्यमन्त्रीले विश्वासको मत पाएका हुन् । 
     
    दोस्रो बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दलका सदस्यले बेल घेराउ गरी नाराबाजी गरिरहँदा  सभामुख भीमबहादुर भण्डारीको अनुमतिमा मुख्यमन्त्री सोडारीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए । 

    नाराबाजीका बीच सभामुखले मतविभाजको प्रक्रियाद्वारा मुख्यमन्त्रीले पेश गरेको प्रस्तावलाई बैठकमा निर्णयार्थ पेस गरे । यससँगै प्रतिपक्षी नेपाली कांग्रेसका १८,नागरिक उन्मुक्तिका पाँच र राप्रपाका एक सदस्यले मतदान प्रक्रियामा भाग नलिई बैठकबाट बाहिरिएका थिए । रासस


  • सम्बन्धित विषय:

  • # #sudurpaschimpradesh
  • प्रतिक्रिया दिनुहोस