काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सदन अवरोधलाई जारी राख्ने निर्णय गरेको छ ।
सहकारी प्रकरणमा छानविन समित गठन गर्ने विषयमा सत्तापक्षसँग कुरा नमिलेपछि कांग्रेसले सदन अवरोधलाई जारी राख्ने निर्णय गरेको हो ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले सरकारले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न तयार भएपनि गृहमन्त्री रवि लामिछाने केन्द्रित भएर छानबिन गर्न तयार नभएकोले सहमति नजुटेको बताए ।
प्रतितिनिधिसभा बैठकअघि कांग्रेसका शीर्ष नेताबिच भएको छलफलले संसद्को अवरोध जारी राख्ने निर्णय गरेको थियो ।