बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • देउवाले बोलाए विपक्षी दलहरुको संयुक्त बैठक


    हुलाक प्रेस

    • शुक्रबार, जेठ ४ २०८११०:४२
    देउवाले बोलाए विपक्षी दलहरुको संयुक्त बैठक

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरुको संयुक्त बैठक बोलाएका छन् । 

    नेपाली कांग्रेसको संसदीय दलको जारी बैठक सकिएपछि नयाँबानेश्वरस्थित संसद भवनमै बस्ने गरि विपक्षी दलहरुको संयुक्त बैठक आह्वान गरिएको हो । 

    कांग्रेस सभापति शेरबहादुर देउवाले जसपा नेपाल, राप्रपा, लोसपा, नेमकिपा, जनमोर्चा लगायतका नेताहरुलाई बैठकमा बोलाएका छन् । 

    बैठकमा संसद्‌मा उत्पन्न परिस्थितिबारे छलफल गरिने नेताहरूले बताएका छन् । 

    प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरुको संयुक्त रणनीति बनाउने उद्देश्यले संयुक्त बैठक बोलाइएको नेपाली कांग्रेसले जनाएको छ ।

    प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ ।


    प्रतिक्रिया दिनुहोस