बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कांग्रेसले सहकारी ठगी मुद्धा नछाड्ने


    हुलाक प्रेस

    • शुक्रबार, जेठ ४ २०८१११:१७
    कांग्रेसले सहकारी ठगी मुद्धा नछाड्ने

    काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने मुद्धा नछाड्ने निर्णय गरेको छ । 

    आज बसेको कांग्रेस संसदीय दलको बैठकले सो निर्णय गरेको हो । 

    नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेले संसद बैठक सन्चालन गर्दा तटस्थता नदेखाएको पनि ठहर गरेको छ ।  सभामुख देवराज घिमिरेलाई  तटस्थता र निष्पक्षता पूर्वक बैठक सन्चालन गर्न अनुरोध गर्ने पनि बैठकले निर्णय गरेको छ ।

    नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रहेका रास्वपा सभापति तथा दलका नेता रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्दै संसद अवरोध गर्दै आएको छ । 

    बिहीबार बसेको संसद बैठकमा कांग्रेसको अवरोधविच सभामुख देवराज घिमिरेले गृहमन्त्रीलाई बोल्न समय दिएपछि कांग्रेस र एमालेका सांसदहरूबीच धकेलाधकेल भएको थियो । 

    संसद बैठक आज ११ बजेपछि बस्दैछ । 


    प्रतिक्रिया दिनुहोस