बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • देउवाले बोलाएको विपक्षी दलहरूको संयुक्त बैठक सुरु


    हुलाक प्रेस

    • शुक्रबार, जेठ ४ २०८१११:३०
    देउवाले बोलाएको विपक्षी दलहरूको संयुक्त बैठक सुरु

    काठमाडौं । कांग्रेस सभापति शेर बहादुर देउवाले आह्वान गरेको विपक्षी दलहरूको संयुक्त बैठक सुरु भएको छ ।

     बैठक केहीबेर अघि सुरु भएको हो ।

    नेपाली कांग्रेसको संसदीय दलको बैठक सकिएपछि नयाँबानेश्वरस्थित संसद भवनमै बस्ने गरि विपक्षी दलहरुको संयुक्त बैठक आह्वान गरिएको थियो । 

    सभापति देउवाले जसपा नेपाल, राप्रपा, लोसपा, नेमकिपा, जनमोर्चा लगायतका नेताहरुलाई बैठकमा बोलाएका छन् । 

    बैठकमा संसद्‌मा उत्पन्न परिस्थितिबारे छलफल गरिने नेताहरूले बताएका छन् । 

    प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरुको संयुक्त रणनीति बनाउने उद्देश्यले संयुक्त बैठक बोलाइएको नेपाली कांग्रेसले जनाएको छ ।

    प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्ने भनिएपनि अझै बस्न सकेको छैन । 


    प्रतिक्रिया दिनुहोस