बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रतिनिधि सभाको बैठक अझै बस्न सकेन, सत्तारुढ र विपक्षी दलका नेता छुट्टाछुट्टै छलफलमा 


    हुलाक प्रेस

    • शुक्रबार, जेठ ४ २०८११२:१९
    प्रतिनिधि सभाको बैठक अझै बस्न सकेन, सत्तारुढ र विपक्षी दलका नेता छुट्टाछुट्टै छलफलमा 

    काठमाडौं । संसद सचिवालयले शुक्रबार बिहान ११ बजेका लागि तोकेको प्रतिनिधि सभाको बैठक अझै सुरु हुन सकेको छैन । 

    नेपाली कांग्रेस विपक्षी दलसँग बानेश्वरमा संयुक्त बैठकमा छन् भने सत्तारुढ दल सिंहदरबारमा बैठक बसिरहेको छ । 

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित सिंहदरवारमा छलफलमा छन् । 

    यता कांग्रेस, जसपा नेपाल, राप्रपा, लोसपा, नेमकिपा, जनमोर्चा लगायतका नेताहरु आन्तरिक छलफलमा छन् । 

    नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गरेको छ । यस विषयमा सरकार र कांग्रेसविच सहमति हुन सकेको छैन ।  

    विहिबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै अवरोध गर्दा सभामुख देवराज घिमिरेले गृहमन्त्री लामिछानेलाई बोल्न पालो दिँदा कांग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेलको स्थिति आएको थियो । त्यसपछि प्रतिनिधिसभाको बैठक शुक्रबार ११ बजे बस्नेगरि स्थगित भएको थियो । 

    संसद सहज रुपमा सुचारु गर्ने विषयमा सत्ता पक्ष र विपक्षका दलहरूबीच सहमति हुन नसक्दा सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरू छलफल सुरु गरेका छन् ।

    आज बसेको कांग्रेसको संसदीय दलको बैठकले सहकारी ठगी प्रकरणमा छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने मुद्धा नछाड्ने निर्णय गरेको छ । 


  • सम्बन्धित विषय:

  • # #poltics
  • प्रतिक्रिया दिनुहोस