काठमाडौँ । प्रतिनिधि सभाको बैठक ६ जेठसम्मका लागि स्थगित भएको छ ।
संसद् सचिवालयका महासचिव पद्य प्रसाद पाण्डेयले अर्को बैठक ६ गते बिहान ११ बजे बस्ने जानकारी दिए ।
विहिबार बसेको संसद बैठकमा नेपाली कांग्रेसले अबरोध गरेपछि शुक्रबार ११ बजे बस्नेगरि स्थगित भएको थियो । आज बिहान ११ बजेसम्म दलहरुविच सहमति नभएपछि सचिवालयले सूचना टाँस गरेर २ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो ।
२ बजे पनि बैठक बस्न नसकेपछि संसद् सचिवालयले आजको बैठक स्थगित गरेको हो ।
सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन गर्ने विषयमा सत्तारुढ दल र नेपाली कांग्रेसविच सहमति हुन नसकेपछि प्रतिनिधि सभाको बैठक प्रभावित भएको हो ।