बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन


    हुलाक प्रेस

    • शुक्रबार, जेठ ४ २०८१०३:४२
    कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन
    काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित भएको छ । 
     
    आजको बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरु आ–आफ्नो आसनबाट उठेपछि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक आगामी जेठ ६ गते आइतबार दिउँसो १।१५ बजे बस्ने गरी स्थगित गरेका हुन् ।
     
    कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गरेर  राष्ट्रियसभाको बैठक अवरोध गर्दै आएको छ ।
    रासस


  • सम्बन्धित विषय:

  • # #rastriyasabha
  • प्रतिक्रिया दिनुहोस