काठमाडौं । आइतबार ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक २ बजे बस्ने भएको छ । संघीय संसद् सचिवालयले सूचना टाँस गरि बैठक २ बजे बस्ने जानकारी दिएको हो ।
सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरिएको सूचनामा उल्लेख छ, “आज मिति २०८१ साल जेठ ६ गते आइतबार बिहान ११ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम ९२० को प्रतिबन्धात्मक वाक्यांशबमोजिम सम्माननीय सभामुखले सभाको बैठक आजै दिनको २ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” ।
दलहरूबीच संसद्का काम–कारबाही अघि बढाउने विषयमा सहमतिको प्रयास जारी रहेकाले बैठकको समय सारिएको हो ।