बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • राष्ट्रिय सभाको बैठक सोमबार बस्ने


    हुलाक प्रेस

    • आइतबार, जेठ ६ २०८१०४:१३
    राष्ट्रिय सभाको बैठक सोमबार बस्ने

    आज बस्ने भनिएको राष्ट्रियसभाको बैठक स्थगित भएको छ । 

    आइतबार १ : १५ मा बस्ने भनिएपनि निर्धारित समयमा बैठक बस्न नसकेपछि पराह्न ३ बजेर १५ मिनेटमा बस्ने गरी सारिएको थियो । तर सो समयमा पनि बैठक बस्न नसकेपछि बैठक भोलि सोमबारसम्मका लागि स्थगित गरिएको छ । 

    राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सोमबार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी बैठक सारेका छन् ।

    संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले विशेष कारणवश बैठक सोमबारसम्मका लागि सारेको सूचना निकालेर उल्लेख गरेका छन्।


    प्रतिक्रिया दिनुहोस