बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रतिनिधि सभाको बैठक दोस्रो पटक स्थगित, साढे ४ बजे बस्ने


    हुलाक प्रेस

    • आइतबार, जेठ ६ २०८१०४:२०
    प्रतिनिधि सभाको बैठक दोस्रो पटक स्थगित, साढे ४ बजे बस्ने

    काठमाडौँ । आइतबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक दोस्रो पटक स्थगित भएको छ । 

    संसदीय छानबिन समितिका लागि कार्यविधि तय गर्ने विषयमा सत्तापक्ष दल र प्रमुख प्रतिपक्षी दलबिच सहमति हुन नसक्दा प्रतिनिधि सभा बैठक दोस्रो पटक सरेको हो । 

    आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

    सो समयसम्म दलहरु सहमतिमा आउन नसकेपछि अपराह्न साढे ४ बजे बस्ने गरि स्थगित गरिएको हो । 

    सहकारी ठगी प्रकरणमा संसदीय छानबिन बनाउँदा त्यसको कार्यविधिमा गृहमन्त्री रवि लामिछानेको नाम राख्ने कि नराख्ने भन्ने बारेमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबिच अझै सहमति जुट्न सकेको छैन । 


    प्रतिक्रिया दिनुहोस