बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनटका लागि स्थगित


    हुलाक प्रेस

    • सोमबार, जेठ ७ २०८११२:०२
    कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनटका लागि स्थगित

    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । 

    बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले आसनबाट उभिएर विरोध जनाउनुका साथै बेल घेराउ र नाराबाजी गरेका थिए ।  

    कांग्रेसको नाराबाजी र विरोधपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

    कांग्रेसले सहकारीको रकम अपचनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको माग गरेर संसद् बैठकअवरुद्ध गर्दै आएको छ ।

    बैठकमा राष्ट्रपतिलाई धन्यवाद दिने र प्रधानमन्त्रीले विश्वासको मत लिनेसम्बन्धी कार्यसूची तय गरिएको थियो ।
    रासस


  • सम्बन्धित विषय:

  • # #parliyement
  • प्रतिक्रिया दिनुहोस