बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • मर्यादापालक लगाएर प्रधानमन्त्री दाहाललाई रोष्ट्रम पुर्‍याइयो, विश्वासको मत लिने


    हुलाक प्रेस

    • सोमबार, जेठ ७ २०८११२:२६
    मर्यादापालक लगाएर प्रधानमन्त्री दाहाललाई रोष्ट्रम पुर्‍याइयो, विश्वासको मत लिने

    काठमाडौं । प्रतिनिधिसभाको दोस्रो पटकको बैठकमा मर्यादापालक लगाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई रोष्ट्रम पुर्‍याइएको छ ।

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधकाबीच सभामुख देवराज घिमिरेले मर्यादापालकलाई अनुरोध गरेर प्रधानमन्त्रीलाई रोष्ट्रममा पुर्‍याएका हुन् ।

    प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले आसनबाट उभिएर विरोध जनाउनुका साथै बेल घेराउ र नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । 

    कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको माग गरेर संसद् बैठकअवरुद्ध गर्दै आएको छ ।

    बैठकमा राष्ट्रपतिलाई धन्यवाद दिने र प्रधानमन्त्रीले विश्वासको मत लिनेसम्बन्धी कार्यसूची तय गरिएको छ । 


  • सम्बन्धित विषय:

  • # #pmprachanda
  • # #parliyement
  • प्रतिक्रिया दिनुहोस