काठमाडौँ । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने क्रममा कांग्रेसले अवरोध गरेपछि प्रचण्ड आक्रोशित बनेका छन् ।
एमाले नेता विष्णु पौडेलले बोलेपछि रोस्ट्रममा जवाफ दिन पुगेका प्रधानमन्त्री दाहालले आफूले कांग्रेसलाइ पटकपटक सहयोग गरे पनि आजको गतिविधिले दुस्खी बनाएको बताए ।
उनले भने, 'तपाईंहरूले आज बहुत गलत गर्नुभयो भन्ने मलाई लागेको छ । नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले पटक-पटक तपाईंहरूलाई साथ थियो त्यसलाई संविधानअनुसार विश्वासको मत लिन नदिएर तपाईंहरूले एउटा नराम्रो उदाहरण पेस गर्नुभयो त्यसको निम्ति म गहिरो दुस्ख व्यक्त गर्न चाहन्छु ।'
कांग्रेसले विरोध जनाउँदै नाराबाजी कायम राख्दै गर्दा झन आक्रोशित हुँदै प्रधामन्त्री दहालले आजको गतिविधिका कारण कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्ने पनि बताए ।
'नेपाली कांग्रेसका लागि मूल्य चर्को पर्नेछ । आजको तपाईंहरूको गतिविधि नेपालको इतिहासमा एउटा कलंकका रूपमा रहनेछ', प्रधानमन्त्री दाहालले भने ।