बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नगरे बजेट प्रस्तुतमा पनि अबरोध हुन्छ : रमेश लेखक 


    हुलाक प्रेस

    • सोमबार, जेठ ७ २०८१०४:४५
    सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नगरे बजेट प्रस्तुतमा पनि अबरोध हुन्छ :  रमेश लेखक 

    काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नगरे बजेट प्रस्तुतमा पनि अबरोध गर्ने जनाएको छ । 

    सोमबार दिउँसो बसेको संसदीय दलको बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नगरे बजेट प्रस्तुत गर्दा पनि प्रतिरोध हुने बताएका हुन् ।
     
    ‘माननीय अर्थमन्त्रीजीले बजेटको पाठ गर्नुपर्छ । वातावरण त सरकारले बनाउनुपर्‍यो नि । सरकार वातावरण नबनाउने । बलमिच्याइ गर्ने । ज्यादती गर्ने, बहुमतको दम्भले काम गर्ने, प्रतिपक्षलाई बोल्न नदिने ढंगले सरकार अगाडि बढ्यो भने त्यसको प्रतिरोध हुन्छ,’ लेखकले भने ।

    सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदा कांग्रेसले अवरोध गरेको थियो । तर सभामुख र सत्तापक्षले विपक्षीलाई पेलेरै प्रधानमन्त्रीको विश्वासको मत पेश गराएका थिए ।  

    संविधान अनुसार जेठ १५ मा सरकारले ल्याउनै पर्ने हुन्छ ।  


    प्रतिक्रिया दिनुहोस