काठमाडौँ । प्रतिनिधि सभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित भएको छ ।
मंगलबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदको विरोध र नाराबाजीबीच प्रतिनिधिसभाबाट राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिने प्रस्ताव पारित भएको छ ।
यसैगरि नेपाली कांग्रेसको अवरोधका बिच राजनीतिक दलसम्बन्धी विधेयक दोस्रो संशोधन २०८० फिर्ता भएको छ ।
सरकारले लगानी सहजीकरणसम्बन्धी ‘केही नेपाल ऐन, संशोधन गर्ने अध्यादेश, २०८१’ संसद्मा पेश गरेको छ ।
प्रमुख प्रतिपक्षी दलको विरोधका बाबजुद सभामुख देवराज घिमिरेले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई अनुमति दिएसँगै अध्यादेश पेश भएको हो ।