काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।
बिहीबारको मन्त्रिपरिषद बैठकले मन्त्रिपरिषद सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।
सार्वजनिक सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री प्रचण्डले आफूसँग बैंकमा नगद २५ लाख रुपैयाँ रहेको उल्लेख गरेका छन् ।
प्रचण्डले एभरेष्ट बैंकमा २५ लाख रुपैयाँ नगद मौज्दात रहेको र सो रकम प्रतिनिधिसभा सदस्यका हैसियतमा प्राप्त भएको स्रोतमा आधारित रहेको उल्लेख गरेका छन् ।
यस्तै स्वर्गीय धर्मपत्नी सीता दाहालको नाममा चितवनको भरतपुर १४ मा १४ कट्ठा जग्गा रहेको, सीताकै नाममा भरतपुर १२ मा १ कट्ठा अंशबाट प्राप्त भएको उनले जनाएका छन् ।
प्रधानमन्त्रीसँग पैतृक सम्पत्तिको रुपमा ५ तोला सुन भएको विवरणमा उल्लेख छ ।