बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सिरोहिया पक्राउबारे प्रधानमन्त्री प्रचण्डको प्रतिक्रिया : अदालती प्रक्रियामा बढ्ता ‘हो–हल्ला’ गर्न जरुरी छैन


    हुलाक प्रेस

    • बुधबार, जेठ ९ २०८११२:५०
    सिरोहिया पक्राउबारे प्रधानमन्त्री प्रचण्डको प्रतिक्रिया : अदालती प्रक्रियामा बढ्ता ‘हो–हल्ला’ गर्न जरुरी छैन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउका विषयमा बढ्ता होहल्ला गर्न जरुरी नभएको बताएका छन् । 

    काठमाडौंमा आजदेखि सुरु भएको ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवाद’ कार्यक्रम उद्घाटनपछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले अदालती प्रक्रियामा भएको कुरामा ‘हो–हल्ला’ गर्न जरुरी नरहेको बताएका हुन् । 

    ‘यो अदालतले प्रक्रिया अगाडि बढाऊ भनिसकेपछि अदालती प्रक्रिया बुझ्याछु मैले, ‘यो बढ्ता हो–हल्ला गर्न जरुरी छैन ।’ उनले भने ।

    उनले गृहमन्त्री रवि लामिछाने व्यक्तिगत रुपमै प्रस्तुत भएको आरोपको खण्डन गर्दै त्यो गलत कुरा भएको र लामिछानेसँग कुनै रिसीवी नरहेको बताए । उनले भने  ‘त्यो गलत कुरा हो । उहाँसँग केके रिसिबी ’
     

    प्रधानमन्त्री प्रचण्डले अदालती प्रक्रियामा गइसकेको कुरा सिरोहिया निर्दोष भए सजिलै छुट्ने प्रतिक्रिया समेत दिए । 


  • सम्बन्धित विषय:

  • # #prachanda
  • प्रतिक्रिया दिनुहोस