बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  •  ओलीले भने - एक जना मिडिया हाउसका मान्छे पक्राउ पर्दा डेमोक्रेसी कसरी खतरामा पर्यो ?


    हुलाक प्रेस

    • बिहीबार , जेठ १० २०८१०२:३३
     ओलीले भने - एक जना मिडिया हाउसका मान्छे  पक्राउ पर्दा  डेमोक्रेसी कसरी खतरामा पर्यो ?

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया समाचार प्रकाशनको विषयमा नभई फौजदारी विषयमा छानबिन गर्नुपर्ने देखेर पक्राउ परेको बताएका छन् । 

    बिहीबार झापामा एक सडक उद्घाटका कार्यक्रममा उनले सञ्चार माध्यमलाई प्रतिक्रिया दिँदै सिरोहिया पक्राउ पर्नुमा सरकारले सञ्चारको हक खोसेको अर्थमा बुझ्न नहुने बताए । 

    उनले भने, ‘पत्रकारमाथि फौजदारी अभियोग छ? मिडिया हाउसको प्रमुखमाथि बेग्लै मुद्दा छ। किन यस्तो समाचार प्रकाशित गर्‍यो? किन यस्तो बोल्यो भन्ने विषय त होइन। विषय अर्कै छ। फौजदारी कुरा होला। यस सम्बन्धमा सरकारले छानबिन गर्नुपर्ने देख्यो।’ 

    उनले कोही मन्त्री समाउँदा, उपप्रधानमन्त्री समाउँदा अनेक हुँदा कराउन नपर्ने, हल्लिन नपर्ने बताउँदै एक जना मिडिया हाउसका मान्छे गिरफ्दार हुँदा डेमोक्रेसी कसरी खतरामा परिहाल्यो भनि उल्टै प्रश्न गरे । 

    ‘कोही समाउँदाखेरि, मन्त्री समाउँदा, उपप्रधानमन्त्री समाउँदा अनेक हुँदाखेरी हल्लिन, कराउन, दुनियाँ गर्न नपर्नेरु डेमोक्रेसी कसरी खतरामा परिहाल्यो त? एकजना मिडिया हाउसका मानिस गिरफ्तार भए, सही हो या गलत म त्यता जान चाहन्नँ। टाइमिङ ठीक भयो कि भएन त्यो बेग्लै कुरा होला तर डेमोक्रेसी नै खतरा परिहाल्यो त? के अब सञ्चारका हक खोसिएकै हुन् त? यस्तो गलत व्याख्या उपयुक्त हुँदैन। जे यथार्थ हो त्यही गर्नु राम्रो हुन्छ?,’ उनले भने । 

    नागरिकता सम्बन्धी अभियोगमा मंगलबार उनलाई प्रहरीले गिरफ्तार गरेको थियो ।  सिरोहिया धनुषा प्रहरीको हिरासतमा रहेका छन् । 

     


  • सम्बन्धित विषय:

  • # #kpoli
  • प्रतिक्रिया दिनुहोस