बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रचण्डविरुद्ध अदालतको अवहेलना मुद्दामा सुनुवाई सकियो, फैसला मंसीर १८ गते आउने


    हुलाक प्रेस

    • आइतबार, असोज ७ २०८००७:२८
    प्रचण्डविरुद्ध अदालतको अवहेलना मुद्दामा सुनुवाई सकियो, फैसला मंसीर १८ गते आउने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी एक मुद्दामा सर्वोच्च अदालतले १८ मंसिरमा निर्णय सुनाउने भएको छ ।

    न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले सात वर्ष पुरानो मुद्दामा आइतबार निर्णय सुनाउने मिति तोकेको हो ।

    द्वन्द्वकालीन मुद्दाबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २०७३ वैशाखमा विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

    लामो समयदेखि सर्वोच्चमा अड्किएको मुद्दामा आइतबार दुवैतर्फको बहस सकिएको छ । बहस सकिएपछि इजलासले १८ मंसिरमा निर्णय सुनाउने भनी आदेश दिएको हो । उनीमाथिको आरोप ठहर भएमा अदालतले कैद वा जरिवानाको प्रस्ताव सहित उनलाई माफी माग्ने अवसर दिन सक्नेछ । आरोप पुष्टि नभए निवेदन खारेज हुन्छ ।

    २०७३ वैशाखको अन्तिम साता राष्ट्रिय सभागृहमा माओवादी कार्यकताको भेलामा प्रचण्डले अदालतमा आफूविरुद्ध षडयन्त्र भएको भनी अभिव्यक्ति दिएका थिए । माओवादी विरुद्ध अदालतलाई प्रयोग गरिएको र दिउँसै रात पार्ने प्रपञ्च भएको भन्दै उनले आक्रोश पोखरेका थिए ।

    त्यतिबेला व्यक्तिहत्याको आरोपमा बालकृष्ण ढुंगेल पक्राउ परेका थिए । गोरखाका कृष्णप्रसाद अधिकारीको हत्याको आरोपमा चितवनबाट माओवादी कार्यकर्ता छविलाल अधिकारी पक्राउ परेका थिए ।


    प्रतिक्रिया दिनुहोस