बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सहकारीहरूको छानबिन गरि दोषीलाई कारबाहीको दायरामा ल्याउँछौं: अर्थमन्त्री पुन


    हुलाक प्रेस

    • बुधबार, जेठ १६ २०८१०२:२७
    सहकारीहरूको छानबिन गरि दोषीलाई कारबाहीको दायरामा ल्याउँछौं:  अर्थमन्त्री पुन

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले समस्यामा रहेका सहकारीहरूको छानबिन गरि दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । 

    आगामी वर्षको बजेट प्रस्तुतपछि बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सहकारी आफ्नो सिद्धान्तविपरीत चलेकाले समस्या भएको र सोको छानविन हुने बताएका हुन् । 

    उनले समस्यामा परेका सहकारीका बचतकर्तालाई तत्काल ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गराउने प्रतिबद्धता जनाएका छन् ।
     
    उनले सहकारीका सञ्चालक, एकाघर परिवारका सदस्यको सम्पत्ति धितो राखेर भए पनि तत्काललाई ५ लाखसम्मको रकम फिर्ता गराउने प्रस्ताव बजेटमा गरिएको जानकारी दिए । 

     


  • सम्बन्धित विषय:

  • # #sahakaripidit
  • # #barshamanpun
  • प्रतिक्रिया दिनुहोस