बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • रोस्टममा उभिएर लिङ्देनले अर्थमन्त्री खोजेपछि बैठक स्थगित


    हुलाक प्रेस

    • मंगलबार, जेठ २२ २०८१०३:२२
    रोस्टममा उभिएर लिङ्देनले अर्थमन्त्री खोजेपछि बैठक स्थगित

    काठमाडौं । प्रतिनिधिसभामा बैठक १५ मिनेटको लागि स्थगित भएको छ । 

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभामा बजेटमाथि धारणा राख्दा अर्थमन्त्री वर्षमान पुनलाई नदेखेपछि अर्थमन्त्रीको उपस्थित हुनुपर्ने अडान राखेपछि बैठक स्थगित भएको हो ।

    बोल्न रोष्ट्रममा पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बजेटमाथि छलफल गर्दा संसदमा अर्थमन्त्री पुन हुनुपर्ने तर आफुले कतै नदखेको भन्दै खोजी गरे ।

    उपसभामुख इन्दिरा रानाले अर्थमन्त्री राष्ट्रियसभा बैठकमा गएको र सरकारका प्रतिनिधिका रुपमा खानेपानी मन्त्री राजेन्द्रकुमार राई रहेको बताइन् । 

    लिङ्देनले अर्थमन्त्री नै बरु एकछिन ब्रेक गर्न प्रस्ताव राखे । तर उपसभामुख रानाले भनिन्, माननीयज्यू अगाडि बढौं, अर्थमन्त्री आउँदै हुनुहुन्छ भनिन् ।

    लिङ्देनले आफूले पाएको थोरै समय अर्थमन्त्री नआउँदै सकिए के गर्ने भन्दै अर्थमन्त्री आएपछि समय गणना सुरु हुने भए मात्र बोल्ने बताए । तर उपसभामुख रानाले बैठक स्थगित नगर्ने भनिन् । ‘ब्रेक चाहिँ नगरौं होला, अगाडि बढ्दै गर्नुहोला । अर्थसम्बन्धी टुक्का भन्दै जानुहोला, कोटेसनहरु भन्दै जानुहोला ।’

    त्यतिबेलै एमाले सांसद दयालबहादुर शाहीले नियमापत्ती गरे । उनले बोल्न गएपछि सरासर बोल्नुपर्छ, दोहोरी खेल्नुहुँदैन भनेपछि राप्रपा सांसदहरु उठे ।

    राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रिय पार्टीका संसदीय दलका नेताले अर्थमन्त्री खोज्दा दोहोरी खेलेको हुन्छ भन्दै प्रतिवाद गर्दै भने, ‘संसद कसैको पेवा होइन, जनताबाट निर्वाचित भएको एक जना सांसदको त्यति नै महत्व हुन्छ ।’

    त्यतिबेला सभामुखको आसनमा सभामुख देवराज घिमिरे फर्किसकेका थिए । उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई आफ्नो सिटमा फर्किन आग्रह गर्दै संसद बैठक १५ मिनेटका लागि स्थगित गरे ।


  • सम्बन्धित विषय:

  • # #parliyement
  • प्रतिक्रिया दिनुहोस