काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पोखरामा सहकारी पीडितले कालो झण्डा देखाएका छन् ।
माओवादी केन्द्र गण्डकीको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन पोखरा पुगेका माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारीपीडितले कालो झण्डा देखाएका हुन् ।
सहकारी पीडितले सभागृहअगाडि प्रदर्शन गर्दै प्रधानमन्त्रीलाई कालो झण्डा देखाएपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।