काठमाडौं । गृह मन्त्रालयले प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको छ ।
आज बसेको बढुवा समितिको बैठकले उक्त निर्णय गरेको हो ।
प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उप–नियम ९४० अनुसार सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ ।
