काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकले निलम्बनमा परेका मुख्यसचिव वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरूवा गर्ने निर्णय गरेको छ ।
भ्रष्टाचार मुद्दा लागेपछि स्वत निलम्बनमा परेका अर्यालले राजीनामा नदिएपछि योजना आयोगमा सचिव पद सिर्जना गरेर सरुवा गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको हो ।
त्यस्तै बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी सचिव लीलादेवी गड्तौलालाई कामु मुख्य सचिवमा निरन्तरता दिने निर्णय परिवर्तन नभएको मन्त्री डीपी अर्यालले जानकारी दिए ।