एकजना पनि मन्त्री नआएपछि १५ मिनेट स्थगित भयो संसद्
हुलाक प्रेस
सोमबार, असार १७ २०८११२:२४
काठमाडौं । एकजना पनि मन्त्री नआएपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
कांग्रेसका सांसद रामकृष्ण यादवले मन्त्रिपरिषद्को एकजना सदस्य पनि बैठकमा उपस्थित नभएको भन्दै ध्यानाकर्षण गराएपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।