काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेटर शीतलनिवासबाट फर्किएका छन् ।
मंगलबार बिहान पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा राष्ट्रपति पौडेललाई ‘बिफ्रिङ’ गर्न प्रधानमन्त्री प्रचण्ड शीतलनिवास पुगेका थिए ।
राष्ट्रपति पौडेललाई भेटेर प्रधानमन्त्री प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा ‘बिफ्रिङ’ गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
सोमबार नेपाली कांग्रेस र नेकपा एमालेले सरकार बनाउने सहमति गरेका थिए । सो सहमतिसँगै एमाले र माओवादीको गठबन्धनको सरकार संकटमा परेपछि प्रचण्ड शीतलनिवास पुगेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो कार्यकाल, कांग्रेस सभापति शेरबहादुर देउवा दोस्रो कार्यकालकालागि पालैपालो प्रधानमन्त्री बन्ने सहमति भएको छ ।
मंगलबार बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा नदिने र विश्वासको मत लिने निर्णय गरेको छ ।