काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँग संविधान संसोधनको विषयमा कुनै टुंगो लागि नसकेको बताएका छन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले संविधानको कुन कुन विषय संशोधन गर्ने भन्ने छलफल भइनसकेको बताएका हुन् ।
तर एमाले र कांग्रेसबीच भएको सहमतिबारे भ्रम फैलाइएको बताउँदै उनले भने, ‘संविधानको समयानुकुल परिमार्जित हुँदै जानुपर्छ । त्यसैले कतिपय कुरामा संविधान संशोधन गर्नुपर्छ भनेका हौं ।’
यद्यपि कुन कुन बुँदामा संशोधन गर्ने भन्ने छलफल भइनसकेको ओलीले बताए ।
केके सुधार गर्ने भन्ने अनुभवनका आधारमा तय गर्ने भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘यो–यो बुँदामा भन्ने निष्कर्षमा पुगिसकेका छैनौं, कसैको नेतृत्वमा आयोग बन्ने पनि भएको छैन ।’