बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै


    हुलाक प्रेस

    • शनिबार, असार २९ २०८१०१:०६
    कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

    काठमाडौँ । पछिल्लो राजनीतिक परिस्थितिमा पार्टीले अबलम्बन गर्ने नीतिका विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ ।

    बैठकले नयाँ सरकारमा पार्टीका तर्फबाट सहभागी हुनेको नाम पनि टुङ्गो लगाउने जनाइएको छ ।

    पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय बिपीनगर, सानेपामा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने जानकारी दिए । कांग्रेस र नेकपा (एमाले) ले नयाँ सरकार गठनका लागि हस्ताक्षरसहित राष्ट्रपति समक्ष दाबी पेश गरिसकेका छन् ।

    बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई बोलाइएको मुख्यसचिव पौडेलले जानकारी दिए । रासस


    प्रतिक्रिया दिनुहोस