बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • विश्वकै पातलो र बलियो 'मिलिटरी ग्रेड फोन' ल्याउँदै मोटोरोला


    हुलाक प्रेस

    • बिहीबार , साउन १० २०८११२:५५
    विश्वकै पातलो र बलियो 'मिलिटरी ग्रेड फोन' ल्याउँदै मोटोरोला

    मोटोरोला कम्पनीले सबैभन्दा बलियो र पातलो र स्मार्टफोन विश्व बजारमा ल्याउने घोषणा गरेको छ।

    एक टिजर सार्वजनिक गर्दै कम्पनीले नयाँ स्मार्टफोनको डिजाइन र मिलिटरी ग्रेड सैन्य-स्तरको स्मार्टफोन विश्व बजारमा चाँडै ल्याउने जानकारी दिएको छ।

    आर्द्रता जस्ता चुनौती सहन सक्ने, फोन झर्दा नफुट्ने र अत्यधिक गर्मी तथा चिसो हुँदा सो फोनलाई केहि असर नपर्ने बताइएको छ।

    यो फोन सम्भवतः मोटो एज ४० नियोको अपग्रेडेड भर्सन मोटो एज ५० नियो फाइभजी फोनमा पातलो डिजाइनका साथै शक्तिशाली प्रोसेसर, उत्कृष्ट क्यामेरा र लामो समय टिक्ने ब्याट्री हुने आशा गरिएको छ ।

    साथै यस फोनमा ६.५ इन्च १२० हर्ज पीओएलईडी डिस्प्ले, मिडियाटेक डाइमेन्सिटी ७३०० चिपसेट, १२ जीबी र्‍याम तथा ५१२ जीबी स्टोरेज, गोरिल्ला ग्लास थ्री, ५० मेगापिक्सेल मुख्य क्यामेरा, १३ मेगापिक्सेल अल्ट्रावाइड क्यामेरा, १० मेगापिक्सेल टेलिफोटो क्यामेरा, ३२ मेगापिक्सेल सेल्फी क्यामेरा र ४,३१० एमएएच क्षमताको ब्याट्री लगायतका फिचर हुने चर्चा गरिएको छ । 


    प्रतिक्रिया दिनुहोस