बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सर्वोच्चको प्रश्नः ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई मुद्दा दर्ता किन गरिएन?


    हुलाक प्रेस

    • मंगलबार, असोज ९ २०८००७:३०
    सर्वोच्चको प्रश्नः ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई मुद्दा दर्ता किन गरिएन?

    काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र डा बाबुराम भट्टराईविरुद्ध मुद्दा दर्ता किन भएन भन्दै प्रश्न गरेको छ। 

    मंगलबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले ललिता निवासको जग्गा प्रकरणमा मुद्दा दायरबारे सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो। 

    वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले ललिता निवासमा पूर्व प्रधानमन्त्रीद्वयलाई उन्मुक्ति दिइएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए। उनको रिटको सुनुवाइ गर्दै सरकारलाई उक्त प्रकरणमा नेपाल र भट्टराईविरुद्ध मुद्दा किन दर्ता गरिएन भन्दै सरकारलाई लिखित जवाफसमेत पेस गर्न भनेको छ।

    साथै सर्वोच्चले यसअघि दर्ता भएको दुईवटा रिटलाई साथै राखी पेस गर्नसमेत भनेको छ। नेउपानेले रिटमा उनीहरुमाथि पूरक अभियोग दर्ता गर्न आदेश दिनुपर्ने माग गर्दै रिट दायर गरेका थिए। 

    सरकारी वकिलले जिल्ला अदालत काठमाडौंमा ललिता निवासको कीर्तेसम्बन्धी मुद्दा दर्ता गरेको छ। यसअघि सर्वोच्चले यो प्रकरणमा संलग्न सबैमाथि अनुसन्धान गरी मुद्दा दायर गर्न भनेको थियो।

    adesh.png
    undefined


    प्रतिक्रिया दिनुहोस