बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • मेयर साहलाई पुनर्बहाली गर्न सर्वोच्चको अन्तरिम आदेश


    हुलाक प्रेस

    • शुक्रबार, कात्तिक २४ २०८००५:५७
    मेयर साहलाई पुनर्बहाली गर्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहलाई पुनर्बहाली  गर्न अन्तरिम आदेश जारी गरेको छ । 

    न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले निर्वाचन आयोगले पद गएको भन्ने निर्णयको बदर गर्दै शुक्रवार यस्तो आदेश गरेको हो । नेकपा एमालेको सिफारिसमा निर्वाचन आयोगले मेयर रिनाकुमारी साहको पद यसअघि निलम्बन गरेको थियो ।

    ‘ निवेदिकालाई  नगद प्रमुख पद स्वतः रिक्त भएको भनी निर्वाचन आयोगबाट मिति २०८० साल असोज २९ मा भएको निर्णय तथा गोरखापत्रमा प्रकाशित सूचना समेत हाललाई कार्यान्वयन नगर्नु नगराउनु र निज निवेदिकालाई पूर्ववत् रौतहट जिल्ला मौलापुर नगरपालिकाको प्रमुख पदमा रही यथावत् कामकारबाही गर्न दिनु भनी विपक्षीहरूको नाममा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ (२) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ’, सर्वोच्चको अन्तरिम आदेशमा भनिएको छ । साथै यस सम्बन्धमा १५ दिनभित्र निर्वाचन आयोगलाई लिखित जवाफ पेस गर्न भनेको छ  ।


    प्रतिक्रिया दिनुहोस