बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति गगन थापाको प्रतिक्रिया- सरकारको नियत अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने देखियो


    हुलाक प्रेस

    • सोमबार, कात्तिक २७ २०८००२:४६
    टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति गगन थापाको प्रतिक्रिया-  सरकारको नियत अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने देखियो

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टिकटक बन्द गर्ने सरकारी निर्णय गलत भएको प्रतिक्रिया दिएका छन् ।

    उनले समाजिक सञ्जालमा प्रतिक्रिया दिँदै सरकारले सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक भएपनि  नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत भएको उल्लेख गरेका छन् ।

    ‘ यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने/नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो। यसमा सरकारको नियत,अभिव्यक्ति तथा व्यक्तिगत स्वतन्त्रता लाई कुण्ठित गर्ने देखियो।’ थापाले सरकारले यो निर्णय सच्याउनुपर्ने बताएका छन् । उनले लेखेका छन्,‘ सरकारले यो कदम सच्चाउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन।’


    प्रतिक्रिया दिनुहोस