सोमबार, कात्तिक ३ गते २०८३
  • यो साता चर्चामा :
  •  आफूमाथिको कारबाहीविरुद्ध  मुकुलले दिए पार्टीमा पुनरावेदन निवेदन


    हुलाक प्रेस

    • आइतबार, भदौ १६ २०८१०१:०४
     आफूमाथिको कारबाहीविरुद्ध  मुकुलले दिए पार्टीमा पुनरावेदन निवेदन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तत्कालीन महामन्त्री डा. मुकुल ढकालले आफूमाथिको कारबाहीविरुद्ध  आइतबार रास्वपाको पुनरावेदन समितिसमक्ष निवेदन दिएका छन् । 
     
    पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट आफूलाई पदमुक्त गर्ने गएको असार २५ गतेको निर्णय त्रुटिपूर्ण रहेको उनले जिकिर गरेका छन् । उक्त निर्णय पार्टीको अभिलेखबाट हटाई आफूलाई साविककै पदीय हैसियतमा काम गर्ने वातावरण मिलाइदिन उनले निवेदनमा माग गरेका छन् ।

    ‘वास्तवमा म पुनरावेदकले पार्टीको सभापतिबाट भए गरेको गैरकानूनी कार्य र उहाँविरुद्ध राज्यको विभिन्न निकायबाट भइरहेको अनुसन्धान, अदालतमा विचाराधीन दोहोरो पासपोर्ट जस्ता गम्भिर प्रकृतिका तथा आम नागरिक समेतबाट उठेको सहकारी रकम ठगी र दुरूपयोग जस्ता कार्यको विरोध गरेको कारण सभापतिबाट व्यक्तिगत रूपमा मलाई लक्षित गरी पार्टीबाट विभिन्न कारबाहीहरू भइरहेको अवस्था छ भने मलाई पदमुक्त गर्नु समेत यसै विरोधको निरंकुश उपज हो,’ उनले पत्रमा भनेका छन् ।


  • सम्बन्धित विषय:

  • # #raswapa
  • प्रतिक्रिया दिनुहोस