काठमाडौं । युट्युबले पप स्टारको नक्कल गर्ने आर्टिफिसियल इन्टेलिजेन्स टूल लन्च गरेको छ। यो टूल मार्फत प्रयोगकर्ताहरुले डेमी लोभाटो र जोन लेजेनड लगायत पप स्टारहरुको नक्कल गर्न सक्छन्।
ड्रिम ट्र्याक भनिने प्रयोगात्मक फिचर्सले प्रयोगकर्ताहरूलाई गीतात्मक सामग्री र मुड लगायतका गुणहरू वर्णन गरेर छोटो गीत (सर्ट्स सङ) सिर्जना गर्न अनुमति दिन्छ।
९ कलाकारले सफ्टवेय्रलाई आफ्नो आवाज क्लोन गर्ने अनुमति दिएका छन्। जसमा चार्ली एक्ससीएक्स, ट्रोय सिवन, टी–पेन र सिया रहेका छन्।
हाल अमेरिकाका करिब १०० क्रियटर्सलाई यो टूलमा पहुँच दिइएको छ। यसको प्रयोग यूट्यूब सर्ट्स भिडियोमा साउन्डट्र्याक गर्न मात्र प्रयोग गर्न सकिन्छ।
कम्पनीले ड्रीम ट्र्याकको साथ सिर्जना गरिएको दुई नमूना भिडियोहरू जारी गरेको छ। जसमा चार्ली पुथ र टी–पेनको नक्कल गर्न सकिन्छ। तर यो स्तरिय नभएको बीबीसीले उल्लेख गरेको छ।