बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • टिकटक चलाउन भीपीएन प्रयोग, मोबाइलको डाटा सुरक्षामा जोखिम


    हुलाक प्रेस

    • शुक्रबार, मंसिर १ २०८००८:०६
    टिकटक चलाउन भीपीएन प्रयोग, मोबाइलको डाटा सुरक्षामा जोखिम

    काठमाडौं । सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएपछि भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) एप प्रयोग गर्नेको संख्या ह्‍वात्तै बढेको छ। तर टिकटकमा रमाउन भीपीएन रोज्दा मोबाइलको डाटा भने सुरक्षित नहुन सक्ने विज्ञहरुको भनाई छ ।

    पछिल्लो समय मोबाइलमार्फत बैंकिङ कारोबार बढेको छ। एपमाफर्त मोबाइल बैंकिङ सेवा चल्ने भएकाले ह्याकरले सजिलै  डाटा चोरी गरेर पैसा चोर्न सक्ने छन् । साथै हाम्रो मोबाइलमा अन्य महत्वपूर्ण डाटा पनि हुन्छन् सो पनि असुरक्षित रहन सक्छ । भीपीएनको प्रयोगले यस्ता डाटा चोरीको जोखिम हुने नेपाल प्रहरीको साइबर ब्युरोका एसएसपी नवीन्द्र अर्यालले बताए। सावधानी नअपनाए बै‌किंङ सूचना चोरीको जोखिम रहन सक्ने अर्याल बताउँछन्।

    भीपीएन हामीले प्रयोग गर्ने उपकरण र अन्य कम्युटरबीच इन्टरनेटको सुरक्षित सञ्जाल स्थापित गर्ने प्रविधि हो। यसले विभिन्न माध्यमबाट हाम्रो उपकरणमा स्पाइवेअर, माल्वेअरलाई बाटो दिन सक्छ। त्यसो भए हाम्रो उपकरणमा भएका विवरण जोखिममा पर्न सक्छन्।

    ह्याकरहरूले इन्क्रिप्ट गरेर विभिन्न माध्यमबाट माल्वेअरहरू पठाउँछन् र त्यसलाई क्लिक गर्ने बित्तिकै हाम्रोबाट सूचना चोरी हुन्छ,’ अर्यालले भने। उनका अनुसार भीपीएनबाट हुने डाटा चोरीको अनुसन्धान पनि जटिल हुने अर्यालको भनाई छ। 

    प्रयोगकर्ताले भीपीएन प्रयोग गरेर टिकटकमा सजिलै पहुँच राख्‍न सक्छन्। तर अर्याल भीपीएन प्रयोग गर्नु कल बाइपास (भीओआईपी) जस्तै है। विज्ञहरूका अनुसार भीपीएन प्रयोगकर्ताको डिभाइसमा कुन सामाजिक सञ्जाल चलिरहेको छ भन्ने इन्टरनेट सेवा प्रदायक (आईएसपी)लाई थाहै हुँदैन। भीपीएन प्रयोगपछि प्रयोगकर्ताले कहाँबाट चलाएको भन्ने सहजै खुल्दैन। जसले गर्दा सामाजिक सञ्जालको प्रयोगपछि कुनै घटना भएको खण्डमा अनुसन्धानमा समेत थप चुनौती थपिन्छ। आईपीभी ४ बाट चलाएको खण्डमा अनुसन्धान निकै जटिल हुन्छ। 

     


    प्रतिक्रिया दिनुहोस