बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • ब्रह्माण्डको सबैभन्दा ठुलो रहस्यको समाधान नजिक पुगे वैज्ञानिक


    हुलाक प्रेस

    • बिहीबार , असोज ११ २०८००९:०९
    ब्रह्माण्डको सबैभन्दा ठुलो रहस्यको समाधान नजिक पुगे वैज्ञानिक

    काठमाडौं । वैज्ञानिकहरूले एन्टिम्याटरको बारेमा महत्त्वपूर्ण जानकारी प्राप्त गरेका छन् । एन्टिम्याटर एक रहस्यमय पदार्थ हो जुन ब्रह्माण्डको निर्माणको प्रारम्भिक चरणमा प्रचुर मात्रामा थियो ।

    बिग ब्याङको समयमा, म्याटर र एन्टिम्याटर दुवै समान रूपमा बने । तर अहिले म्याटर जताततै छ र एन्टिम्याटर भेट्टाउन धेरै गाह्रो छ ।

    बिग ब्याङ वा जोडदार विस्फोट, ब्रह्माण्डको सृष्टिको एक वैज्ञानिक सिद्धान्त हो । ब्रह्माण्ड कहिले र कसरी बन्यो भन्ने प्रश्नको जवाफ यसले दिने प्रयास गर्दछ । हालैका अध्ययनले के पत्ता लगाएका छन् भने गुरुत्वाकर्षणका लागि यी दुवैको प्रतिक्रिया एकै खालको छ । 

    वर्षौँदेखि, वैज्ञानिकहरू ब्रह्माण्डको उत्पत्ति बुझ्नको लागि म्याटर र एन्टिम्याटरको समानता र भिन्नताहरू पत्ता लगाउन प्रयास गरिरहेका छन् । पहिले गुरुत्वाकर्षणका कारण एन्टिम्याटर तल खस्नुको सट्टा माथितिर जान्छ भनिएको थियो । 

    पहिलो पटक, वैज्ञानिकहरूले पुष्टि गरेका छन् कि एन्टिम्याटर तलतिर झर्छ । तर यो खोजले कौतुहलता कम गर्नुको साटो थप बढाइदिएको छ । प्रश्न यो छ कि एन्टिम्याटर कुन गतिले तल झर्छ ? 

    बिग ब्याङका बेला म्याटर र एन्टिम्याटर हुनुपर्ने थियो र यस्तो भएको भए प्रकाश मात्रै बाँकी हुन्थ्यो । यस्तो किन भएन होला, यो भौतिक विज्ञानको सबैभन्दा ठुलो रहस्य हो । 

    यसको समाधानले मात्र ब्रह्माण्डको उत्पत्तिको रहस्यलाई समाधान गर्नेछ । यस अध्ययनमा संलग्न डा. ड्यानियल होजकिन्सनले ब्रह्माण्डको सृष्टिको प्रारम्भिक चरणमा केही गरी म्याटरले एन्टिम्याटरलाई पछाडि छोडेको र गुरुत्वाकर्षणमा यसले कस्तो प्रतिक्रिया दिन्छ भन्ने लगायतका थुप्रै प्रश्नको जवाफ दिने बताएका छन् । 


    प्रतिक्रिया दिनुहोस