नेपाल कम्युनिस्ट पार्टीले आफ्ना नेताविरुद्ध पक्राउ पुर्जी जारी भएको विरोधमा आन्दोलन गर्ने भएको छ ।
काठमाडौं जिल्ला अदालतले सो पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, माइला लामालगायत नेताका नाममा पक्राउ पुर्जी जारी गरेपछि संघर्षका कार्यक्रम घोषणा गरेको हो ।
एक विज्ञप्ती जारी गर्दै विप्लबले मंगलबारदेखि तीन दिने संघर्षका कार्यक्रम घोषणा गरेको छ । जसअनुसार आज मसाल जुलुस, बुधबार न्यायाधीशको पुतला दहन गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।
'राज्यको जिम्मेवार निकाय अदालतमा बसेको न्यायाधीशले प्रदर्शन गरेको यस्तो गैरकानुनी, असभ्य एवं अराजक कार्यको पार्टी घोर भत्र्सना गर्दछ । साथै यस्ता वितण्डावादी कार्य रोक्न माग गर्दछ ।’ जारी विज्ञप्तीमा उल्लेख छ ।
आउँदो बिहीबार देशव्यापी प्रदर्शन गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।