काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सिंहदरबारभित्र प्लेकार्ड प्रदर्शन गरेपछि पक्राउ परेका छन् ।
उनीहरुले सिंहरदरबारभित्रैबाट नाराबाजी गर्दै तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने माग लेखिएका प्लेकार्ड प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
लिङ्देनको नेतृत्वमा राप्रपाका सात सांसदले सिंहदरबारस्थित सहरी विकास मन्त्रालयअगाडिको सडकमा प्लेकार्ड प्रदर्शन गरेर निषेधाज्ञाको विरोध गरेका थिए ।
उनीहरुलाई नियन्त्रणमा लिने क्रममा दीपक सिंह भने भिडबाट फुत्किएर बिजुलीबजार–बानेश्वर क्षेत्रको प्रदर्शनस्थलमा पुगेका थिए ।
प्रहरीले निषेधित क्षेत्रमा नाराबाजी गरेको भन्दै गिरफ्तार गरेको जनाएको छ । राप्रपाका नेताहरुले भने प्रहरीले गलत काम गरेको भन्दै त्यस कदमका विरोध गरेका छन् ।