बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नयाँ ढङ्गले मल कारखाना खोलिने छ : प्रधानमन्त्री


    हुलाक प्रेस

    • आइतबार, वैशाख २८ २०८२०३:३३
    नयाँ ढङ्गले मल कारखाना खोलिने छ : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नै नयाँ ढङ्गले मल कारखाना स्थापना बताएका छन् । 

    प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले देशमा मल कारखाना आवश्यक छ भन्नेमा सरकार स्पष्ट रहेकाले नयाँ ढङ्गले कारखाना खोलिने बताएका हुन् ।

    उनले नयाँ विधिबाट फोहरमैला व्यवस्थापनको कुरा सोचिरहेको जानकारी पनि दिए । 

    प्रधानमन्त्री ओलीले सम्पत्ति शुद्धीकरणका सम्बन्धमा अन्तरराष्ट्रिय रुपमा नेपाल ‘ग्रे लिष्ट’मा पर्नु अघिल्लो सरकारको कमजोरी भएको  स्पष्ट गरे । 


    प्रतिक्रिया दिनुहोस