काठमाडौं । नेकपा एमालेको मंसिर १४ गते सुरु भएको झुलाघाट–चिवाभञ्ज्याङ संकल्पयात्रा सकिएको छ ।
आइतबार पाँचथरको चिवाभञ्ज्याङमा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झन्डा फहराएर अभियानको समापन गरेका हुन् ।
बैतडीको झुलाघाटमा राष्ट्रिय झन्डा फहराएर सुरु भएको यात्रा आइतबार १८औँ दिनमा समापन गरिएको हो ।
अध्यक्ष ओलीले यात्राका क्रममा स्थानीयको समस्या बुझेर समाधानको बाटो पहिल्याएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसवुकमा आफ्नो अनुभव लेख्दै भनेका छन्, “हामीले स्थानीयसँग कुरा गर्यौँ, स्थानीयकै समस्या बुझ्यौँ । उहाँहरूकै अपेक्षाअनुसारको समाधान पहिल्याउने बाटो खोज्यौँ । ”