बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • राष्ट्रिय सभा निर्वाचनमा दुई हजार सत्तचालिस जना मतदाता


    हुलाक प्रेस

    • बुधबार, पुस ४ २०८००२:४३
    राष्ट्रिय सभा निर्वाचनमा दुई हजार सत्तचालिस जना मतदाता

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दुई हजार ४७ मतदाताको नाम स्वीकृत गरेको छ । 
     आगामी माघ ११ गते हुने  राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले मतदाताको नामवली स्वीर्कत गरेको हो । 

    निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुन् । प्रदेशसभा सदस्य ५४९ जना र स्थानीय तहका एक हजार ४९८ जना गरी कुल दुई हजार ४७ जनाको मतदाता नामावली स्वीकृत गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

    प्रदेशसभा सदस्यतर्फको कुल मतदाता ५५० मध्ये एकजना निधन भएकाले ५४९ जना कायम गरिएको उनले बताउँदै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको एक हजार ५०६ जनामध्ये निधन भएका गाउँपालिका अध्यक्ष एक, उपाध्यक्ष एक, नगरपालिका उपप्रमुख एक र निलम्बनमा परेका गाउँपालिकाका अध्यक्ष एक, नगरपालिकाका प्रमुख चार गरी आठजनाको नाम हटाइ कुल एक हजार ४९८ जनाको नामावली स्वीकृत गरिएको जानकारी दिए । 

    पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा उक्त मतदाता नामावली प्रकाशित हुनेछ ।

    Screenshot 2023-12-20 at 14.37.44.png 


  • सम्बन्धित विषय:

  • # #rastriyashavanirwachan
  • प्रतिक्रिया दिनुहोस