बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नेपालीलाई रुसी सेनामा पठाउने गिरोहका थप ४ जना पक्राउ


    हुलाक प्रेस

    • बुधबार, पुस ४ २०८००६:४०
    नेपालीलाई रुसी सेनामा पठाउने गिरोहका थप ४ जना पक्राउ

    काठमाडौं । नेपाली नागरिकलाई रुसी सेनामा पठाउने गिरोहका थप चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार र बुधबार गरी चार जनालाई पक्राउ गरेको हो।

    मोरङको विराटनगरका गोविन्द रिमालसहित चार जना पक्राउ परेका हुन्। रिमाल विमानस्थलमा सेटिङ मिलाउने बिचौलिया रहेको प्रहरी स्रोतले जनाएको छ।

    अन्य तीन जनाको पनि संलग्नता देखिएको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले यसअघि १३ जनालाई पक्राउ गरिसकेको छ। यीमध्ये ५ जना मुख्य अभियुक्त रहेको अनुसन्धानबाट खुलेको छ। परिसरमा १५ जना पीडितले उजुरी गरेका छन्।


    प्रतिक्रिया दिनुहोस