बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • राष्ट्रपति पौडेल र श्रीलङ्काका परराष्ट्रमन्त्री अली साब्रीबिच शिष्टाचार भेट


    हुलाक प्रेस

    • शुक्रबार, पुस ६ २०८००१:३२
    राष्ट्रपति  पौडेल र  श्रीलङ्काका परराष्ट्रमन्त्री अली साब्रीबिच शिष्टाचार भेट

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग श्रीलङ्काका परराष्ट्रमन्त्री मोहम्मद उभियास मोहम्मद अली साब्रीले आज राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेका छन् ।

    त्यसअवसरमा उनीहरुबीच नेपाल र लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस


    प्रतिक्रिया दिनुहोस