बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन माग गर्दै सातै प्रदेशका मुख्यमन्त्री हेटौँडामा


    हुलाक प्रेस

    • शुक्रबार, पुस १३ २०८०१२:३०
    प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन माग गर्दै सातै प्रदेशका मुख्यमन्त्री हेटौँडामा

    काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्रीहरू आजदेखि हेटौंडामा भेला भएका छन् । 

    केन्द्र सरकारले आवश्यक कानुन बनाएर अधिकार हस्तान्तरण नगरेको भन्दै उनीहरु हेटौंडामा भेला भएका हुन् । 

    संघीयता कार्यान्वयनमा आएको लामो समय भइसक्दा पनि महत्त्वपूर्ण कानुन नबन्दा प्रदेश सरकार अधिकार सम्पन्न हुन नसकेको मुख्यमन्त्रीहरूको गुनासो छ । 

    कानुन अभावमा कर्मचारी, प्रहरी, शिक्षालगायतका क्षेत्रका काम प्रभावित भएको मुख्यमन्त्रीहरुको ठहर छ । बिहीबार सुरु भएको भेला यही विषयमा केन्द्रित भएर केन्द्र सरकारलाई दवाव दिने कार्यक्रम रहेको छ । 

    यसअघि सातै प्रदेशका मुख्यमन्त्रीहरूले गत असारमा पोखरामा भेला गर्दै ६ महिनाभित्र अधिकार दिन माग गरेका थिए । साथै उनीहरुले संविधानले दिएको अधिकार अनुसार कानुन निर्माण गर्न र अधिकार प्रत्यायोजन गर्न माग गर्दै प्रधानमन्त्रीलाई भेटेर दबाब दिएका थिए ।

    भेलामा प्रदेश र स्थानीय तहका विज्ञहरू समेत सहभागी छन् । 

     


  • सम्बन्धित विषय:

  • # #pradeshsarkar
  • प्रतिक्रिया दिनुहोस